site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी क्षेत्रको समस्याबारे यसो भन्छन् अर्थमन्त्री (पूर्णपाठ)

गोदावरी । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सके मात्र समस्या समाधान हुने जिकिर गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेन्ड टायर इन्स्टिट्युसन’ गठन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

“सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ,” उनले लेखेका छन्, “सहकारी क्षेत्रको नियामक निकाय (सेकेन्ड टायर इन्स्टिट्युसन) गठन प्रक्रिया अघि बढाइएको छ । यस निकायले कार्य प्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ ।”

प्रतिवेदनमार्फत डा. महतले देशको अर्थतन्त्र ‘समस्यामुक्त भइनसकेको’ उल्लेख गरेका छन् । आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उनले स्वीकार गरेका छन् ।

“अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,” प्रतिवेदन प्रस्तुत गर्दै उनले भने ।

अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उनले उल्लेख गरेका छन् । सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौती रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए ।

“अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ,” उनले भने, “वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशतजति मात्र रहेको छ ।”

अर्थमन्त्री डा. महतले देशको अर्थतन्त्र सुधारका सम्भावनका क्षेत्रमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन, सूचना प्रविधिको क्षेत्र औँल्याएका छन् ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro