site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केही मन्त्रीको प्रभावकारी भूमिका बिल्कुलै देखिएन : महामन्त्री शर्मा (पूर्णपाठ)

गोदावरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कूटनीतिक संवाद गरेर प्रयोगहीनजस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् । अर्बौँको ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा मुलुक आर्थिक भारमा फसेको उनको तर्क छ ।

ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । “अर्बौँको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहीन अवस्थामा छन् । मुलुककको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि बिल्कुलै सुखद छैन,” महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, “यस्तो समयमा बलियो राजनीतिक र कूटनैतिक इच्छाशक्ति अपेक्षित छ । जसमार्फत उत्तर र दक्षिणका दुवै मित्रराष्ट्रसँग हामीले सार्थक व्यावसायिक संवाद गर्न सकौँ ।”

कांग्रेसबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भूमिकामाथि उनले प्रश्न समेत उठाएका छन् । पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले ‘बिल्कुलै’ प्रभावकारी भूमिका खेल्न नसकेको उनले उल्लेख गरेका छन् ।

तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिलाई जनअपेक्षाअनुसार काम गर्न महासमिति बैठकबाट निर्देशन दिनुपर्नेमा उनले जोड दिएका छन् । “जनअपेक्षाअनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ । तर, केही मन्त्रीको भूमिका मन्त्रीका रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन,” प्रतिवेदनमा शर्माले लेखेका छन् ।

भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धति स्थापनाको संकल्पमा कांग्रेस लाग्नुपर्ने उनले औँल्याएका छन् । महासमिति बैठकबाट १५ वर्षे नीति, विधि र थितिको जग बसाल्ने आधार तयार पार्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

विश्वप्रकाश शर्माको प्रस्तावको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro