site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंगोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख ६७ हजार पशु मरे
तस्बिर : सीएफपी ।

उलान बातोर । यो वर्षको हिउँदमा मंगोलियामा कीर्तिमानी हिमपात भएको छ । त्यो सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका निम्ति राष्ट्रिय एजेन्सीले मंगलबार जनाएको छ ।

यो हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।

मंगोलियाका लगभग सबै प्रान्तमा बारम्बार भारी हिमपात भएको छ । बारम्बार हिमपातका कारण यो हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ ।

Mongolia-himpat-1708417042.jpg
देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ । सोमबारसम्म  मंगोलियामा अत्यधिक चिसो मौसमका कारण मर्ने पशुको संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ ।

मंगोलिया संसारको ‘नोमाडिक’ देशहरूमध्ये एक हो । यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने हुन्छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro