site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमिति बैठकमा प्रतिवेदन पेस, सदस्यहरू हलबाहिर
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन पेस गरिरहेका छन् । तर, महासमिति सदस्यहरू भने हलमाभन्दा बाहिर ज्यादा देखिएका छन् । 

एउटा समूहले महासमिति सदस्यहरू र सदस्य नरहेकाहरूलाई हिन्दुराज्यका पक्षमा हस्ताक्षर गराइरहेको छ । हस्ताक्षरमा सहभागी गराउन हलबाहिर आमन्त्रण गर्ने काम त्यो समूहले गरिरहेको छ । हिन्दु राज्य अभियन्ता र समर्थक बाहेकका महासमिति सदस्यहरू पनि हलबाहिर नै घुमघाम र गफगाफमा व्यस्त छन् । 

उपसभापति खड्काले पेस गरेको लामो नीति प्रस्ताव पेस गर्ने काम भने जारी छ । जसमा पार्टीका प्रतिबद्धतासहित पार्टी सरकारमा जाँदा गर्ने कामलाई सरकारको नीति तथा कार्यक्रमकै शैलीमा प्रस्तुत गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro