अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको हो ।
छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन पनि हिजोकै मूल्य अर्थात् प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्