site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठक : बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

सोमबार उद्घाटन गरिएको महासमिति बैठक यही फागुन १० गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro