देश
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट २०औँ सफल कलेजो प्रत्यारोपण गरिएको छ । पछिल्लोपटक गत माघ २१ गते २०औँ प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
काठमाडौंका ६१ वर्षीय श्रीमानलाई ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन् । त्यसअघि पुस २७ गते १९औँ प्रत्यारोपणमा ललितपुरका ३५ वर्षीय भाइले ३८ वर्षीय दाईलाई कलेजो दान गरेका थिए ।
उनीहरूको अवस्था सामान्य भएपछि डिस्चार्ज भइसकेको केन्द्रले जनाएको छ । दुवै पटक प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टिमले गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १४:२०
प्रतिक्रिया दिनुहोस्