site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेस्रो टेस्टमा इंग्ल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित

काठमाडौं । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा कीर्तिमानी जित निकालेको छ । राजकोटमा भएको खेलमा भारतले पाहुना टिमविरुद्ध ४३४ रनको फराकिलो जित दर्ता गरेको हो ।

खेलको चौथो दिन भारतले इंग्ल्यान्डसामु ५५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, चौथो दिनको अन्तिम सेसनमा इंग्ल्यान्ड १२२ रनमै समेटिँदा भारतले फराकिलो जित निकाल्यो ।

टेस्ट क्रिकेटको इतिहासमा भारतले रनका आधारमा निकालेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । यसअघि, भारतले सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध ३७२ रनको जितसहित यो कीर्तिमान बनाएको थियो ।

तेस्रो टेस्टको दोस्रो इनिङ्समा इंग्ल्यान्डका मार्क उडले ३३ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उडले रविन्द्र जडेजाको बलमा यशस्वी जैसवालबाट क्याच हुनुअघि १५ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए ।

भारतबाट रविन्द्र जडेजाले पाँच विकेट लिए । कुलदीप यादवले दुई विकेट हासिल गरे ।

जितसँगै इंग्लिस टिमविरुद्ध भारतले पाँच खेलको टेस्ट शृंखलामा २–१ को अग्रता बनाएको छ । यी दुई टिमबीचको चौथो टेस्ट यही फेब्रुअरी २३ देखि सुरु हुनेछ ।

शृंखलाको पहिलो टेस्ट इंग्ल्यान्डले २८ रनले जितेको थियो । दोस्रो टेस्टमा घरेलु टिम १०६ रनले विजयी भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro