site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीको साझा धारणा बनाउन वाग्मती साकोस समिट हुँदै

काठमाडौं । यही फागुन १६ र १७ गते ‘वाग्मती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ (वाग्मती प्रोस्कून)ले समिट आयोजना गरेको हो ।

भक्तपुरको गठ्ठाघरमा हुने समिटमा वाग्मती प्रदेशका १३ वटै जिल्लाका ३०० सहकारीकर्मीको सहभागिता रहने वाग्मती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल नाराका साथ समिट आयोजना गरिएको छ । संघसंस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका निम्ति नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्‍याउने, अभियानमा ऐक्यबद्धता कायम गर्ने र सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिका रूपमा बचाइराख्ने समिटको उद्देश्य छ ।

“बचत संघहरूको ऐक्यबद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ,” उनले भने, “वाग्मती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरू प्रशस्त छन् । ती संस्थाहरूमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्गप्रशस्त गरौँ भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।”

वाग्मती प्रदेशमा करिब आठ हजार बचत तथा ऋण सहकारी संस्था छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro