site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सडकमा दूध पोखेर आन्दोलनमा उत्रिए किसान

काठमाडौं । सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताए ।

किसानले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र भुक्तानी पाउनुपर्ने दुई माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानले गएको साउनदेखिको करिब ५२ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएका छन् ।

पछिल्लो पाँच दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बिक्री गरिँदै आएको थियो । दूध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै सडकमा पोख्न बाध्य भएको किसानले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro