खेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालका अनिल साह दोस्रो विकेटका रूपमा आउट भएका छन् ।
बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले अनिललाई तेस्रो ओभरको पहिलो बलमा गुमाएको हो ।
क्यानडाविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा शतक बनाएका अनिलले आज भने ६ बलमा दुई चौकासहित आठ रन मात्र जोडे ।
जारी खेलको २.२ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर १२ रन बनाएको छ ।
यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०९:४९
प्रतिक्रिया दिनुहोस्