site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप लिग–२ का खेल डिशहोमको ‘एक्सन स्पोर्टस एचडी’ले प्रसारण गर्ने

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का खेल बिहीबारदेखि हुँदैछन् ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिदेशीय खेल डिशहोमको ‘एक्सन स्पोर्टस एचडी’ले प्रसारण गर्ने भएको छ ।

Dabur Nepal
NIC Asia

हालै सम्पन्न नेपाल र क्यानडाबीचको द्धिपक्षीय सिरिज पनि एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

लिग–२ अन्तर्गत तीनै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । एक्सन स्पोर्टसको युट्युब च्यानल र डिशहोस गो एपबाट पनि खेल प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ । लिग–२ को पहिलो खेल बिहीबार नेपाल र नामिबियाबीच हुँदैछ । 

फेब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रुअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ मा नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फेब्रुअरी २५ मा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुनेछ । सबै खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ । 

लिग–२ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका पनि छन् । लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । 

यो सिरिज डिशहोमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एपमा हेर्न पाइने कम्पनीले जनाएको छ ।

तीन वर्षसम्म चल्ने लिग–२ का शीर्ष चार टोलीले सिधैँ विश्वकप छनोट खेल्न पाउनेछ । पुछारका चार टोलीले भने प्ले अफ खेल्नु पर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro