site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित विधानमाथि छलफल गर्न माओवादीमा २० समूह

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलनमा २० समूह गठन गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी सम्मेलनमा पार्टीको प्रस्तावित विधानमाथि छलफलका निम्ति समूह बनाइएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलन तीन दिनसम्म चल्नेछ ।

पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले गएको पुस २७ गते अध्यक्ष प्रचण्डलाई मस्यौदा बुझाएको थियो ।

सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र  जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी रहेका पार्टीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro