site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस् : सांसद गैरे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताएकी छन् । 

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताइन् । 

Dabur Nepal
NIC Asia

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको उनको भनाइ थियो । उनले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके समाजमा शान्ति स्थापना हुने बताइन् ।

उनले भनिन्, "यो काम हामीले छिटोभन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुंग्याउनुपर्छ । हामी इमान्दार भएर टुंग्याउनुपर्छ । यो काम टुंग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ ।"

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरूले न्यायको अनुभूति गर्न नसकेको बताइन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro