site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टिकट र पासपोर्टबिनै लन्डनबाट न्यूयोर्क उडेपछि...

काठमाडौं । बेलायतको लन्डनबाट विमानको टिकट र पासपोर्टबिना एक व्यक्ति अमेरिकाको न्यूयोर्क पुगेका छन् । 

बेलायती अखबार द सनका अनुसार क्रेग स्टर्ट नाम गरेका व्यक्तिले क्रिसमसको अघिल्लो दिन ब्रिटिस एयरवेजबाट न्यूयोर्कका लागि उडेका थिए ।

बेलायतको हिथ्रो एयरपोर्टमा ती व्यक्तिले कागजात नदेखाएरै सुरक्षा चेकपोइन्ट पार गरेको पाइएको छ ।

४६ वर्षीय ती पुरुष न्यूयोर्कको जेएफके एयरपोर्ट पुगेपछि रोकिएका थिए । त्यसपछि उनलाई बेलायत नै फिर्ता पठाइएको थियो ।

बेलायतमा ती पुरुषलाई पक्राउ गरी उड्डयन सुरक्षा ऐनअन्तर्गत ठगी र अपराधको आरोपमा मुद्दा लगाइएको छ । तर, उनी बेलायतमा फेरि गुमनाम भएको बताइएको छ । जनवरी २५ मा टेम्स भ्याली पुलिसले उनी हराएको सूचना निकालेको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro