site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बागलुङमा ६ करोड लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

ढोरपाटन । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि ६ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् । 

७६ योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ । ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजना परेका छन् । यसका लागि रु ९५ लाख विनियोजन भएको छ । 

काठेखोला गाउँपालिकामा १५ योजनाका लागि रु ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि रु ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ । उनका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजना परेका छन् । जसका लागि रु ३० लाख विनियोजन भएको छ । निसीखोला गाउँपालिकामा तीन वटा योजना छन् भने रु ३० लाख बजेट विनियोजन भएको छ । 

ढोरपाटन नगरपालिकामा चार योजनाका लागि रु २५ लाख, ताराखोलामा तीन वटा योजनाका रु ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि रु २५ लाख, तमानखोलामा एउटा योजनाका लागि रु १० लाख बजेट विनियोजन भएका छन् । प्रमुख थापाले सबै योजना कार्यान्वनका लागि पालिकामै पुगेर उपभोक्ता समितिसँग सम्झौता गरेको जनाउँदै अझै केही बाँकी रहेकोमा केही समयमै सक्ने बताए । केही योजना सम्पन्न भइसकेको उनको भनाइ छ । 

Global Ime bank

प्रमुख थापाले भने, “योजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै गएका छौँ, अधिकांश योजना सम्झौता भएर धमाधम काम भइरहेका छन्, यही गतिमा काम हुँदै गए, असार मसान्तअगावै सबै योजना सकिने सम्भावना देखिन्छ, केही योजना त सम्पन्न पनि भइसके, १० वटै पालिकामा थोरै धेरै योजना छन्, हामीहरुले अनुगमन गर्ने र कामको गुणस्तर पनि हेरि रहेका छौँ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटनबाटै जिल्लामा समृद्धि हासिल गर्न सकिने हुँदा सबै ठाउँमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको बताए । यस वर्ष बागलुङलगायत गण्डकीका ११ वटै जिल्लामा पदमार्गलाई मुख्य प्राथमिकता दिएको उनको भनाइ छ । सडकले गर्दा पर्यटकको बसाइँ छोटिने हुँदा पदमार्ग निर्माणमा जोड दिएको मन्त्री थापाले बताए । पर्यटन मन्त्रालयले ओझेलमा रहेका गन्तव्यको पहिचान गरी प्रवर्द्धन र प्रचारप्रसार गर्न थालेको उनको भनाइ छ ।

“अझैसम्म धेरै पर्यटकीय ठाउँमा पुग्न समस्या छ, कतै सडक छैन, कतै पदमार्ग छैनन् त कतै अन्य संरचना बन्न सकेका छैनन्, ती गन्तव्यमा भौतिक संरचना निर्माण गर्ने र प्रचारप्रसारलाई तीव्रता दिन मन्त्रालय लागि परेको छ, यस वर्ष बागलुङसहित ११ वटै जिल्लामा पदमार्गको अवधारणा लिएर काम गरि रहेका छौँ,” उनले भने, “मोटरबाटोले पुराना संरचना ध्वस्त बनाएको छ, मौलिकता गुमाएको छ भने बाहिरबाट आउने पर्यटकलाई धेरै दिन रोक्न सकेको छैन, त्यसले गर्दा अब पदमार्गलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ, त्यही हिसाबले हामीहरु काम गर्न लागि रहेका छौँ ।”

जिल्लामा परेको ७६ योजनामध्ये करिब ९५ प्रतिशत पदमार्गका छन् भने केही पाटी पौवा र सत्तल छ । पदमार्गलाई व्यवस्थित र पक्की बनाइने पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu