site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । 

“बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद्, राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “यद्यपि, ठूलो वर्षा हुने छैन । सामान्यदेखि हल्का वर्षा मात्रै हुनेछ ।” 

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

Dabur Nepal
NIC Asia

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् प्रधानाङ बताउँछन् । 

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । क

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । 

कोसी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu