site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
क्यान इन्फोटेक : इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्स्पो

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक २०२४ यही माघ २९ गते सकिँदै छ । करिब १२६ स्टल रहेको इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका उत्पादन एवं सेवा प्रदर्शनीमा छन् ।

क्यानका अध्यक्ष रणजीतकुमार पोदारले इन्फोटेक सूचना प्रविधि क्षेत्रका लागि महत्त्वपूर्ण र विशेष रहेको बताए ।

क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक मेला मात्र नभएर सूचना प्रविधि प्रदर्शनी भएको उल्लेख गरे ।

“यसलाई मेला भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । यो इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्सपो पनि हो । अहिले इन्फोटेक सफ्टवेयर, प्रोडक्ट र सोलुसन एवं आइडियाको खानी हो,” उनले भने ।

उनले थपे, “नेपाली युवा माइन्डका आइडियाको बिजनेस सोकेस यहाँ भइरहेको छ । यसले पोलिसी मेकरहरूलाई पोलिसी कस्तो बनाउनुपर्छ भनेर ग्राउन्ड रियालिटी थाहा हुन्छ ।”

Global Ime bank

योस्तरको प्लेटर्फम नेपालमा एउटा मात्र भएको उनले बताए । बालबालिकादेखि वृद्धवृद्धा सबैलाई प्रदर्शनीमा आउन उनले आग्रह गरे ।

क्यान इन्फोटेकको मुख्य प्रायोजक समेत रहेको एस पावरका प्रबन्ध निर्देशक मुरारी झाले यो विशेष प्लेटफर्म भएको बताए ।

एस पावरले देशभर पावर इरेगुलर एवं कम्प्युटरजन्य उपकरण उपलब्ध गराउँदै आएको र क्यान इन्फोटेकबाट कम्पनीको प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए ।

दहुआ टेक्नोलोजीको नेपाली वितरक एचमएमसीकी प्रबन्धक सोनु श्रेष्ठले कोभिड–१९ को महामारीभन्दा अघिको तुलनामा क्यानको प्रभाव निकै घटेको बताइन् ।

क्यानले डिजिटल्ली कसरी साउनिङ हुने भन्ने विषय र व्यवस्थापनमा थप ध्यान दिन आवश्यक देखिएको उनको भनाइ छ ।

आफूहरूले दहुआको ब्रान्डिङका लागि मात्र क्यानमा स्टल राखेको र बिक्री केन्द्रका रूपमा नरहेको उनले जानकारी दिइन् ।

डाइनामिक टेक्नोसफ्टका सीईओ दीपक शाहले क्यान इन्फोटक राम्रो प्लेटफर्म भएको बताए ।

वीरगन्जबाट सुरु भएर डाइनामिक टेक्नोसफ्टले विगत १३ वर्षदेखि सफ्टवेयर डेभलपमेन्टको सेवा दिइरहेको उनले उल्लेख गरे । डाइनामिक टेक्नोसफ्टले हाल भारत र जापानमा समेत सेवा दिन थालेको उनले बताए ।

क्यान इन्फोटेकमार्फत आफ्नो प्रोडक्टलाई ब्रान्डिङ र थप प्रवर्द्धन गर्न सकिने आफूहरूको विश्वास रहेको उनले सुनाए ।

डेटा ड्रिभन सोलुसन्सका रूपमा रहेको पीबी ग्रुपका निर्देशक खेमराज पोखरेलले इन्फोटेकमार्फत उत्पादन एवं सेवाको प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गरे ।

सरकारी निकाय, गैरसरकारी संस्था र उद्योगी–व्यवसायीलाई डाटामा आधारित निर्णय गर्ने सुविधा आफूहरूले उपलब्ध गराउँदै आएको उनले बताए ।

कुनै सरकारी निकायले काम गर्नुअघि त्यसको तथ्यांकीय विश्लेषण आफूहरूले गर्ने गरेको उनले जानकारी गराए । उद्योगी–व्यवसायीले सामान बजारमा ल्याउनुअघि त्यसको मागजस्ता तथ्यांकीय विश्लेषण समेत आफूहरूले गर्दै निर्देशक खरेलले बताए ।

क्यान इन्फोटेकमा विभिन्न कम्पनीका उत्पादन एवं सेवा र कलेज तथा स्टार्टपका आइडिया समेत प्रदर्शनीमा छन् ।

मन्त्री, नेतादेखि सूचना प्रविधि क्षेत्रका उद्यमी, व्यवसायी, सरोकारवाला र आमसर्वसाधारणले इन्फोटेकको अवलोकन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu