site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वात्सल्यको ब्रान्ड एम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्रान्ड एम्बेस्डरका रूपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरूकी छोरी आयांकालाई नियुक्त गरेको छ । वात्सल्यको नारायणचौरस्थित क्लिनिकमै आयोजित कार्यक्रममा दुवै पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरियो ।

सम्झौताबमोजिम प्रियंका, आयुष्मान र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा चेतना फैलाउनेछन् । सो उपचारमा पहुँच बढाउने कार्यमा उनीहरू संलग्न रहनेछन् ।

Dabur Nepal
NIC Asia

वात्सल्यका संस्थापक एवं प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्रान्ड एम्बेस्डरका रूपमा तीनैजनालाई लिन पाउँदा खुसी व्यक्त गरे । निःसन्तानसम्बन्धी कुण्ठालाई थप प्रभावकारी रूपमा चेतना फैलाउन सक्नेमा आफू आशावादी रहेको उनले बताए ।

बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अभिनेत्री कार्कीले बताइन् । सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्‍याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरू उत्साहित भएकोे उनले उल्लेख गरिन् ।

आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल तर बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरूले थाहा पाएको अभिनेता जोशीले बताए । आफूले बुझेको तथ्य प्रभावकारी रूपमा सबैमाझ राख्दै जाने उनको भनाइ छ ।

वात्सल्य आईभीएफले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटी फ्रिजिङ, प्रसूतिपूर्वको सम्पूर्ण जाँचलगायत प्रजनन्सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उच्च आईभीएफ सफलता दरका साथ नेपालमा आधुनिक प्रजनन् चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro