site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १२ मुद्दामा जमानत
फाइल तस्बिर ।

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ मुद्दामा जमानत दिइएको छ ।

खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँमा जमानत दिइएको छ ।

एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।

खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्युनका अनुसार, यी दुवैलाई अदालतमा पेस गरिएको थियो । पूर्वप्रधानमन्त्रीलाई मे ९ मा इस्लामावाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । रावलपिण्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जीएचक्यू)को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अरू घटना समावेश छन् ।

उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर)मा समावेश गरिएका दाबरूलाई अस्वीकार गरेका छन् । द एक्सप्रेस ट्रिब्युनका अनुसार, अडियाला जेलबाट रिहा भएपछि पीटीआईका नेता शाह महमुद कुरेशीलाई पञ्जाब प्रहरीले जीएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो ।

गत वर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआईटी)ले सोही जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जीएचक्यूमा भएको आक्रमणसहित दुई आतंकवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो । पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो ।

पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आमनिर्वाचनको परिणाम निकै प्रतीक्षित रहेका बेला इमरान खानलाई जमानत दिइएको हो ।

बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । तर, प्रायः पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)द्वारा समर्थित स्वतन्त्र उमेदवारहरूभन्दा पछाडि छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro