site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनअपेक्षा पूरा गर्न नसक्दा आक्रोश बढ्यो : झलनाथ खनाल
फाइल तस्बिर ।

कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोश बढेको बताए । जनताले दिशाहीन महसुस गरेको उल्लेख उनले उल्लेख गरे ।

नेता खनालले जनताका आधारभूत समस्या छुने गरी सरकारले काम गर्नुपर्ने बताए । सरकारले सही ढंगले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे ।

नेता खनालले भने, “सत्तामा बसेका शक्तिले ठिक ढंगले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।”

नेपालको कम्युनिस्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने उल्लेख गरे ।

“१० लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिस्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो,” खनालले भने ।

समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा प्रस्ट पार्नुपर्नेमा उनले जोड दिए ।

एकीकृत समाजवादीको आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिस्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले जिकिर गरे । रासस

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro