site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भ्यु टावर

 शिवप्रसाद काफ्ले


चट्ट
सफा–सुकिलो भनिएको
सहरको बीचमा ठडिएको छ
करोडौँ खर्चेर बनाइएको
एउटा अग्लो भ्यु टावर
जति अग्लो भए पनि
टावरको टुप्पोबाट देखिने भनेको
त्यही
अस्तव्यस्त सहर
सहरका बीच अस्तव्यस्त सडक
ती ठूलाठूला खाल्डाखुल्डी नै रहेछ ।

त्यहाँ
सुशासनयुक्त समाज
भ्रष्टाचारमुक्त समाज
न्यायमूलक समाज
केही नदेखिँदो रहेछ
त्योभन्दा त
मैले मेरै पहाडको टुप्पोबाटै
अनेकन्
मनमोहक दृश्यहरू देख्न सक्छु ।
(देवदह–८, रुपन्देही)
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro