site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा मन्त्रिपरिषद् विस्तार

विराटनगर । कोसीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदिप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

उनले कांग्रेसका दुई सांसदलाई राज्यमन्त्री समेत नियुक्त गरेका छन् । मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार प्रदेश प्रमुख कार्यालयमा भएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका हुन् । उनीहरूलाई अहिले केहीबेरमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro