site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित 

काठमाडौं । साहित्यकार समाजसेवी अमरकुमार नेम्बाङको स्मृतिमा स्थापित ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान कवि विमला तुम्खेवा र नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्तरूपमा प्रदान गरेको छ । 

शुक्रबार पाँचथर फिदिममा प्रतिष्ठानद्वारा आयोजित पाँचौँ स्मृति दिवसमा सर्जकहरूलाई सम्मानित गरिएको हो । सम्मानित सर्जकहरूलाई सम्मानपत्रका साथै नगदराशि जनही ५० हजार रुपैयाँ पनि प्रदान गरियो । 

Dabur Nepal
NIC Asia

कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले पत्रकार तथा सर्जक तुम्खेवा र बाँस्कोटालाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा अमर नेम्वाङ लिम्बू स्मृति छात्रवृत्ति समेत वितरण गरियो । 

प्रतिष्ठानले ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई छात्रवृत्तिबापत नगदराशि १० हजार रुपैयाँ प्रदान गर्यो । त्यस्तै प्रतिष्ठानले पाँचथरका आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत पनि वितरण गरेको जनाएको छ । 

यसअघि उक्त सम्मानबाट डा. देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा, श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भइसकेका छन् । यस वर्ष पुरस्कृत स्रष्टाहरू तुम्खेवा र बाँस्कोटा पत्रकार समेत हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro