site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सगरमाथा चढ्नेले आफ्नो दिसा बेस क्याम्पमै फिर्ता ल्याउनुपर्ने
फाइल तस्बिर ।

काठमाडौं । सगरमाथा आरोहण गर्ने मानिसले अब आफ्नो दिसा आधार शिविर (बेस क्याम्प) हुँदै फिर्ता ल्याउनुपर्ने भएको छ ।

सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको हो । 

Dabur Nepal
NIC Asia

आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च शिखर सगरमाथा दुर्गन्धित हुँदै गएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बाह्रखरीसँग बोल्दै यस्तो निर्देशन दिएको बताए । 

आरोहणकर्तालाई आधार शिविरमा दिसा विर्सजनका लागि एउटा झोला दिइने र फर्कने बेला उक्त झोला फिर्ता ल्याए/नल्याएको चेकजाँच हुने अध्यक्ष शेर्पाले बताए । 

हिमालको तापक्रमका कारण मानिसले विर्सजन गरेको मलमूत्र लामो समयसम्म रहेर दुर्गन्धित हुने गरेको छ । जलवायु परिवर्तनले समेत हिमालयहरूको स्थितिबारे चिन्ता बढ्दै गएको छ ।

यस्तोमा विश्वकै सर्वाेच्च शिखरलाई सफा राख्ने प्रयास स्वरुप यो कदम चालिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विश्वभरकै मानिसहरूले यो कदमको स्वागत गरेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro