site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजत प्रदान
Sarbottam CementSarbottam Cement

हेटौँडा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले चालु आर्थिक वर्षको ६ महिनामा ७६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका निम्ति नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा र रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गएको साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरिएको हो ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ६ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार ५१६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने ७८६ व्यवसायीलाई कारबाही समेत गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालय प्रमुख मनीषकुमार दासले सो अवधिमा १५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, ४८६ पम्पको ‘नोजल’ जाँच र ६६ वेव्रिजको जाँच गरिएको बताए ।

साथै, सो अवधिमा २८८ ट्यांकरको हेटाँैडामा जाँच समेत गरिएको थियो । सो अवधिमा कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा  डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौपटक संयुक्त अनुगमन समेत गरिएको थियो ।

Global Ime bank

सो कार्यबाट ७३ लाख सात हजार ८५९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय