site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुक र इन्स्टाग्राममा एआईबाट बनेका फोटोलाई लेबल गर्दै मेटा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई)बाट निर्मित फोटोलाई लेबल गर्ने तयारी गरेको छ ।

मेटाको यो प्रयास सफल भए एआईबाट निर्मित फोटो यसका सामाजिक सञ्जालमा पोस्ट गर्दा एआईबाट बनेको हो भन्ने जानकारी देखिनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मानिसहरूलाई झुक्याउन एआईबाट निर्मित फोटोहरू राख्नेलाई निरुत्साहित पार्न मेटोले यो प्रयास थालेको हो ।

फोटो बनाउन सक्ने मेटाको आफ्नै एआई टुलबाट बनेका फोटोहरूलाई कम्पनीले लेबल लगाउने काम गरिसकेको छ ।

Royal Enfield Island Ad

मेटोको ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मंगलबार अन्य कम्पनीको एआईबाट बनेका फोटोहरूबारे यस्तो काम गर्न थालेको बताएका छन् ।

मेटाको एआई टुलले मेटाडेटा र अदृश्य वाटरमार्क राख्दै अन्य संस्थालाई एआईबाट निर्मित तस्बिर हो भनेर जानकारी गराउँछ ।

कम्पनीले गुगल, माइक्रोसफ्ट, ओपनएआई, एडोबी, मिजोर्नी र सटरस्टकबाट पनि यस्तै पहिचान गर्न सकिने उपकरणको विकास थालेको बताएको छ ।

एआईबाट निर्मित तस्बिरहरू पछिल्लो समय नकारात्मक तरिकाले समेत प्रयोग हुन थालेपछि यसमा संलग्न कम्पनीहरु जिम्मेवार बन्ने प्रयासमा लागेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro