site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षमा माओवादीको पनि दाबी, प्रचण्डले गरे दलमा ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।

मंगलबारको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो ।

“राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ । तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले बाह्रखरीसित भने ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।

राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल फागुन २० गते सकिँदै छ । उनको स्थानमा रिक्त हुने सदस्य पदका निम्ति उपनिर्वाचन पनि भइसकेको छ ।

राष्ट्रियसभा अध्यक्ष चयन गर्न राष्ट्रियसभा सदस्यबीच मतदान हुनेछ । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आकांक्षी छन् । उनी हालै उपनिर्वाचनमार्फत विजयी भएर राष्ट्रियसभामा पुगेका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro