site stats
बाह्रखरी :: Baahrakhari
कला
यी हुन् युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली चलचित्र, ‘छक्का पञ्जा’कै बाहुल्य  

काठमाडौं । हलमा धेरै दर्शक नपाए पनि नेपाली चलचित्रले युट्युबमा भने लोभलाग्दो भ्युज बटुल्ने गरेका छन् । अक्सर धेरै चलचित्रको टिकट बिक्रीको संख्या हेर्ने हो भने लाख नाग्दैन । हजारमै सीमित हुन्छन् । तर तिनै चलचित्रको भ्युज युट्युबमा भने करोडौं हुने गरेको छ । 

करोडौं भ्युज पाउनेमा सबै नयाँ सिनेमा छन् । पुराना सिनेमा पनि युट्युबमा अपलोड गरिए पनि भ्युजमा नयाँ सिनेमालाई उछिन्न सकेका छैनन् ।  

, युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली चलचित्र ‘छक्का पञ्जा–३ हो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ३४ मिलियन पटक हेरिएको छ । 

दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार घिमिरे, जीतु नेपाल मुख्य भूमिकामा छन् । 

Global Ime bank

, ‘प्रेम गीत’ युट्युबमा सबैभन्दा धेरै हेरिने चलचित्रको दोस्रो नम्बरमा छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्माण गरेको चलचित्रले ३१ मिलियनभन्दा धेरै भ्युज पाएको छ । 

, युट्युबमा तेस्रो धेरै हेरिने चलचित्रमा ‘नाईं नभन्नु ल–५’ छ । विकास आचार्यले निर्देशन गरेको चलचित्रमा निरुता सिंह, दिलीप रायमाझी, प्रियंका कार्की, अभिषेक नेपाललगायत कलाकार मुख्य भूमिकामा छन् ।

यो चलचित्र ३० मिलियनभन्दा धेरै पटक हेरिएको छ । 

, युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली सिनेमाको चौथो नम्बरमा ‘मिस्टर झोले’ छ । यो सिनेमा २७ मिलियन पटक हेरिएको छ । 

रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुनलगायत कलाकार मुख्य भूमिकामा छन् ।   

, पाचौँ नम्बरमा ‘छक्का पञ्जा–२’ छ । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, बुद्धि तामाङ मुख्य भूमिकामा छन् । 

यो चलचित्र युट्युबमान २५ मिलियनभन्दा धेरै पटक हेरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu