site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीके राउतको राजनीतिक प्रतिवेदन– नेपाल कागजी रूपमा स्वतन्त्र, सरकार परिवर्तन बाहिरबाट 
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाल कागजी रूपमा स्वतन्त्र भएको उल्लेख गरेका छन् ।

यही माघ २१ गते पार्टीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालमा राजनीतिक र आर्थिक तथा महत्त्वपूर्ण निर्णय मात्र नभई गठबन्धन निर्माण र सरकार परिवर्तन बाह्य प्रभावमा हुने उल्लेख छ ।

उनले बाह्य प्रभावलाई झेल्न सक्ने राजनीतिक नेतृत्व तथा दलहरू नभएको आरोप पनि लगाएका छन् । “जसले बाह्यशक्तिको निर्देशनविपरीत निर्णय गर्छ, उसको सरकार त्यति नै खेर ढल्छ र अर्को पात्र खडा गरिन्छ,” उनले राजनीतिक प्रतिवेदनमा लेखेका छन् ।

अध्यक्ष राउतले यसबाट जोगिन एउटै उपाय भएको उल्लेख गरेका छन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाले मात्र त्यस्तो स्थिति उत्पन्न नहुने उनको निष्कर्ष छ ।

प्रतिवेदनमा उनले नेपाल विकसित नहुनुमा राजनीतिको आड र शीर्ष नेताको संरक्षणमा मौलाएको बेथिति भएको पनि उल्लेख गरेका छन् ।

“जे भत्काए पनि हुने, यहाँसम्म कि हत्या–हिंसा गरे पनि हुने, मिलाउन सकिने खालको बेथिति छ । विद्यालयको शुल्क तिर्नु छ, आन्दोलन वा तोडफोड गरे तिर्नु पर्दैन । सवारीले सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ, जिम्मेवार हुनै पर्दैन,” उनले लेखेका छन् ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro