site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५.३१ अंकले घट्यो नेप्से, धितोपत्र कारोबार रकम करिब एक अर्बले कमी

काठमाडौं । नेप्से परिसूचक आइतबार ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०.९२ अंकले घटेको थियो ।

कारोबार रकम बिहीबारको तुलनामा करिब एक अर्ब रुपैयाँले घटेको छ । आज तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार चार अर्ब १८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२० प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ ।

यस दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह छ । यो समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu