site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल नीतिको विरोध गर्न अमेरिका, बेलायत, युरोपका ८०० भन्दा बढी अधिकारी एकजुट

बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८०० भन्दा बढी अधिकारीले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनविरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

यो प्रयासलाई संगठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्वअधिकारीहरूले भनेका छन्, “यो जमघट एट्लान्टिक पारका सहयोगी राष्ट्रहरूमा भएका युद्धमा आफ्ना सरकारहरूको नीतिको खुलेर आलोचना गर्न एकसाथ आयोजित पहिलो उदाहरण हो । यसले न्यायको पक्षमा आफ्ना धारणा राख्छ ।”

न्युयोर्क टाइम्सले अधिकारीहरूले जारी गरेको आशयानुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने उल्लेख गरेको छ ।

“हाम्रा सरकारका नीतिहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन, युद्ध अपराध र नरसंहारमा सहयोग पुर्‍याउने सम्भावित जोखिम छ,” जारी पत्रमा भनिएको छ ।

हस्ताक्षरकर्तामध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन् । यस्तै, हस्ताक्षरकर्तामध्ये सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयू संस्थाहरू हुन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro