देश

काठमाडौं । झापामा हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८, पोखरीटोलका १९ वर्षीय मिलन पुरकोटी छन् ।
बुद्धशान्ति गाउँपालिका–३ स्थित पाथीभरा ब्लक उद्योगका कामदार पाँचथरका ३५ वर्षीय विक्रम सेनेहाङ्कोको हत्या गरेको उनीमाथि आरोप छ । पुरकोटी पनि सोही ब्लक उद्योगका कामदार हुन् ।
पुरकोटीलाई शुक्रबार (हिजो) राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सामान्य विवादमा मिलनले काठको मुंग्रो र फलामको हम्बर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएका थिए । बिर्तामोडस्थित बीएन्डसी अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० २०:१७
प्रतिक्रिया दिनुहोस्