site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आईएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आईएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर (सात अर्ब ४१ करोड रुपैयाँ) ऋण दिने भएको छ ।

बैंकले महिलाले सञ्चालन गरेका व्यवसायसहित साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा लगानी गर्ने छ ।

Dabur Nepal
NIC Asia

साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्न लगानी गर्न लागिएको बैंकले जनाएको छ ।

नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी तथा परिचालनले ग्लोबल आईएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड–१९ महामारीबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने बैंकको विश्वास छ ।

यस ऋणको पचास प्रतिशत ग्लोबल आईएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकहरूको लागि जलवायु तथा लैंगिक क्षेत्रको लगानीमा समानरूपमा विनियोजन गर्ने छ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरूमा कर्जा प्रवाह गर्न प्रयोग गर्ने छ ।

नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैंगिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलोपटक भएको बैंकको दाबी छ  ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान गरेको छ र २० लाख बढी मानिसलाई रोजगारी दिएको छ । तथापि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा रहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro