site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायता प्रतिबद्धतामा गिरावट, पाँच महिनामा ५८ अर्ब १७ करोड प्राप्त
SkywellSkywell

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहयता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ । 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामा नेपालले ५८ अर्ब १७ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

Dabur Nepal
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ९ अर्ब चार करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब ८७ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । 

चालु आर्थिक वर्षमा प्राप्त कुल प्रतिबद्धतामध्ये अनुदान सहायताको हिस्सा ३१.७ प्रतिशत र ऋण सहायता ६८.३ प्रतिशत रहेको छ । 

२०८० साउन देखि मंसिरसम्म सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा २९ प्रतिशत पाएको छ । कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंक, विश्व बैंक र युरोपियन युनियनबाट त्रमशः ४५.६ प्रतिशत, २८.१ प्रतिशत र १८.३ प्रतिशत रहेको छ । 

प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये स्वास्थ्य क्षेत्रमा २९ प्रतिशत, ग्रामीण विकास क्षेत्रमा २३ प्रतिशत, सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, शिक्षा क्षेत्रमा १४ प्रतिशत, वातावरण क्षेत्रमा ६ प्रतिशत, कृषि क्षेत्रमा चार प्रतिशत र सामाजिक क्षेत्रमा एक प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu