site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शीर्ष कमान्डरलाई बर्खास्त गर्दै

काठमाडौं । युक्रेनका चर्चित सेना प्रमुख भ्यालेरी जालुज्नीलाई बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।

भ्यालेरी जालुज्नी युक्रेनको सशस्त्र बलको कमान्डर–इन–चीफ हुन् ।

Dabur Nepal
NIC Asia

सोमबार राष्ट्रपति कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा उनलाई बर्खास्त गर्ने जानकारी गराइएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र उनका शीर्ष कमान्डरबीच तनाव बढेको आशंका गरिएका बेला यस्तो विषय बाहिरिएको हो ।

उनलाई बर्खास्त गर्नेबारे औपचारिक घोषणा भने भइसकेको छैन । यसै हप्ताको अन्त्यसम्म राष्ट्रपतिले उनलाई हटाउन आदेश दिनसक्ने अनुमान गरिएको छ ।

रुससँगको युद्धयता युक्रेनले सैन्य नेतृत्वमा गरेको यो सबैभन्दा ठूलो परिवर्तन हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro