site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिमी न्यूनचापीय प्रणाली आज नेपाल प्रवेश गर्दै, वाग्मतीसहित ६ वटा प्रदेशमा वर्षा हुने, चिसो बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा बदली हुनेछ । 

उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि  तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । 

शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ । 

“पश्चिमी न्यूनचापीय प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ,” विभागले भनेको छ, “आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।” 

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका  केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । 

आज दिउँसो धेरै स्थानमा बदली हुने भएकाले चिसो महसुस हुने उनको भनाइ छ । “दिउँसो बदली हुने भएकाले दिउँसोको न्यूनतम तापक्रम घट्दा जाडो हुनेछ । पश्चिमी भू–भागमा बिहानको तापक्रम पनि घट्ने सम्भावना छ,” मौसमविद् अधिकारीले भने । 

वर्षा र हल्कादेखि मध्यम हिमपात हुने भएकाले स्वभाविक रुपमा चिसो बढ्ने उनको भनाइ छ । 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् अधिकारीका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको अधिकारीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro