देश

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ११:४१
प्रतिक्रिया दिनुहोस्