site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा जर्मन महिला मृत फेला, ‘फरेन्सिक’ टोली पनि घटनास्थलमा
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुरमा एक जर्मन नागरिक सोमबार मृत फेला परेकी छन् । ललितपुरकै मंगलबजारस्थित कनिबहालमा बस्दै आएकी जर्मन नागरिक एडिइलएचइडी मृत फेला परेकी हुन् ।

राजभाइ बज्राचार्यको ग्रीनतारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी दुई वर्षदेखि सो हेरिटेजमा बस्दै आएको खुलेको छ । उनको टाउकामा चोट देखिएको छ ।

टाउकामा चोट देखिएपछि अनुसन्धानका निम्ति प्रहरीले ‘फरेन्सिक’ टोलीलाई समेत बोलाएको छ । टोली घटनास्थलमा पुगेको छ ।

शव अझै उठाइएको छैन । घटनास्थल ‘सिल’ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro