site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विनोद र बसिरको शतकीय साझेदारीप्रेरित आर्मीको फराकिलो जित

काठमाडौं । विनोद भण्डारी र बसिर अहमेदको उत्कृष्ट साझेदारीप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध १६४ रनको फराकिलो जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २८० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले २९ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

आर्मीविरुद्ध कर्णालीका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । कर्णालीबाट हिमान्सु शाहीले १९ रन बनाए । विपीन शाहीले १४, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२ रन थपे ।

Dabur Nepal
NIC Asia

कर्णालीलाई सस्तैमा समेट्न आर्मीका विवेक यादव र कुशल मल्लले समान तीन विकेट लिए । सोमपाल कामीले दुई र साहब आलमले एक विकेट हात पारे ।

त्यसअघि, कप्तान विनोद र बसिरले शतकीय साझेदारी गरेपछि टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २७९ रन बनाएको थियो ।

आर्मीबाट विनोदले शतक बनाए । उनले १३२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो । ११०–५ को स्थितिबाट विनोदले बसिरसँग १६९ रनको साझेदारी गर्दै आर्मीलाई बलियो योगफलसम्म डोहोर्‍याएका थिए ।

विनोदसँग ब्याटिङमा जमेका बसिर भने दुई रनले शतक बनाउनबाट चुके । उनले ९२ बलमा १२ चौका र एक छक्कासहित अविजित ९८ रन बनाए । भीम सार्कीले २५, कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन थपे ।

कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिए । दिवन पुन, प्रकाश जैसी र दिनेश अधिकारीले समान एक विकेट हात पारे ।

जितसँगै सात खेलबाट १० अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । आठ खेलबाट ६ अंकको कर्णाली सातौँ स्थानमा छ ।

मधेसले लुम्बिनीलाई हरायो
आइतबारै भएको अर्को खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध नौ रनको रोमाञ्चक जित निकाल्यो ।

मूलपानी क्रिकेट मैदानमा मधेसले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४०.५ ओभरमा सबै विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

जितसँगै नौ खेलबाट १२ अंक जोडेको मधेस तेस्रो स्थानमा छ । सात खेलबाट दुई अंकको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro