site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधान मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीमा १० समूह विभाजन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्का प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । विधान संशोधनको प्रस्तावमाथि छलफलका निम्ति उनीहरूलाई १० समूहमा विभाजन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

सात प्रदेश र विशेष कमिटी गरी प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । छलफलका लागि आज साँझसम्मको समय दिइएको महासचिव घनश्याम भुसालले बताए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, भोलि बिहान ११ बजे सुरु हुने बैठकमा समूहको निष्कर्ष सुनाइनेछ । बैठक भोलि नै सकाउने एकीकृत समाजवादीको तयारी छ ।

केन्द्रीय परिषद्को बैठकमा करिब ११ सय प्रतिनिधि सहभागी छन् । उनीहरूको खाजाको व्यवस्था पार्टी केन्द्रीय कमिटीले गरेको सचिव श्रेष्ठले जानकारी दिए । खाना र बस्ने व्यवस्था प्रतिनिधि आफैँले गरेको उनले बताए ।

पार्टीको अधिवेशनअघि अन्तरिम विधान, २०७८ लाई संशोधन गर्न लागिएको हो । केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro