site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरहरामा आजदेखि निःशुल्क पार्किङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको धरहरामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ ।

न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।

“यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ,” महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ।

सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।

संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ भएको महानगरको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro