site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थुनुवा भगाउन करोडबाट ‘डिल’
Sarbottam CementSarbottam Cement

काठमाडौं । लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन प्रहरीले एक करोडबाट ‘डिल’ गरी ६ लाख २५ हजार रुपैयाँ रकम बुझेको पाइएको छ । १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार रुपैयाँ लिएर थुनुवालाई भगाएको खुलेको हो ।

घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ परी लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौं प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गएको बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो । काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान थालिएको सो कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी ‘इन्स्पेक्टर सापले बोलाउनुभएको छ’ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएको अनुसन्धानका क्रममा खुलेको रेग्मीले बताए । उनले प्रतिवादीलाई हिरासतबाट निकाली कालीमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्‍याएका थिए ।

Global Ime bank

प्राप्त रकमले उनले भारतको कोलकातामा दुई ट्याक्सी खरिद गरी चलाएका थिए । अहिले उनीसँग नौ ट्याक्सी रहेको खुलेको छ । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाएको खुलेको जनाइएको छ । पछिल्लो समय उनी कोलकातामै श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाहीका निम्ति शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement