site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बजेटको सदुपयोग गर्न राष्ट्रपतिको सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालााई साहित्यिक तीर्थस्थल र गन्तव्यका रूपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताएका छन् ।

भानु नगरपालिकाका जनप्रतिनिधि एवं भानु साहित्य उद्यान समितिका पदाधिकारीसँग शनिबार शीतलनिवासमा भेट गर्दै उनले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजनाअनुरूप प्राप्त बजेटको सदुपयोग गर्न सुझाव दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गर्ने गरी तदारुकताका साथ काम गर्न पनि उनले सुझाव दिए ।

भानु साहित्य उद्यानको प्रयोजनका निम्ति जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाको सालिक र साहित्य संस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई केन्द्र सरकारले ससर्त पाँच करोड रुपैयाँ बजेट दिने निर्णय गरेको थियो ।

Global Ime bank

सो अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दिनरात नभनी काम अगाडि बढाउने बताए ।

उद्यान समितिका अध्यक्ष डा. जयराज आचार्यले आफूहरूले आवश्यक परामर्श, योजनासहित नगरपालिकालाई सहयोग गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement