विदेश
तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार नौ गैरइरानी नागरिकको हत्या गरेको अर्धसरकारी मेहर समाचार एजेन्सीले जनाएको छ ।
सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले उल्लेख गरेको छ ।
मेहरका अनुसार, अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन ।
घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महेरले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० १९:४०
प्रतिक्रिया दिनुहोस्