site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालको सहायक निर्देशकमा दुई चिकित्सक नियुक्त 

काठमाडौं । वीर अस्पतालको सहायक निर्देशकमा दुई चिकित्सक नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार डा. विकास केसी र डा. समाज गौतमलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन् । 

वीरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत दुईजना सहायक निर्देशक रहने व्यवस्था छ । डा. केसी र गौतम दुवै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन हुन् । 

यसअघि सहायक निर्देशक रहेका डा. श्रवणकुमार थापालाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा सरुवा गरेपछि वीरमा सो पद रिक्त थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro