राजनीति
काठमाडौं । वाग्मती प्रदेश सरकारले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० स्वीकृत पनि स्वीकृत गरेको छ । वाग्मती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति, २०८०, शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० स्वीकृत गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १७:४८
प्रतिक्रिया दिनुहोस्