site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैँडा मारेको आरोपमा पक्राउ

चितवन । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ गरिएको थियो । वि.सं. २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र ०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्यान्ड क्षेत्रमा गोली हानी गैँडा मारेर खाग काटेर लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

ती घटनामा बोहोरासहित अरू २४ प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् । अरू तीनजना फरार छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको तिवारीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro