site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
पेमेन्ट गेटवे र सेक्युरिटी प्रिन्टिङ प्रेसका भ्रष्टाचार अभियुक्त सुनिल र विकल पौडेल पक्राउ

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका सुनिल पौडेल र विकल पौडेल पक्राउ परेका छन् । सुनिलमाथि नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप लागेको छ । विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।

प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना रहेकाले दुवैलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले बताएको छ ।

Dabur Nepal
NIC Asia

“नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको र विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति(पीआर)समेत लिएको,” अख्तियारले बताएको छ ।

दुवैजना अनुन्सन्धानका क्रममा रहेकाले प्रमाण नष्ट गर्न सक्ने र भाग्न सक्ने देखिएकाले पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

दुई सचिवसमेत मुछिएको नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यतिबेला पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

यस्तै, गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विकलसहित ९ जनाविरुद्ध मुद्दा हालेको थियो । अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro