site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इस्लामिक देशहरूको संगठनले गर्‍यो राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा 

काठमाडौं । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी)ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ । 

ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा राम मन्दिर निर्माण र यसको पवित्रतालाई गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

Dabur Nepal
NIC Asia

जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा बनेको नयाँ राम मन्दिरको उद्घाटन गरेका थिए । 

उद्घाटन कार्यक्रममा राजनीति र बलिउडका चर्चित अनुहारहरूका साथै आम मानिसहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

यस घटनाको ठीक एक दिनपछि, जनवरी २३ मा ओआईसीले मस्जिदको ठाउँमा राम मन्दिर निर्माण भएको र प्राणप्रतिष्ठा गरिएकोमा निन्दा गरेको हो ।

ओआईसीले विज्ञप्तिमा भनेको छ, “ओआईसी देशहरूको विदेशमन्त्री परिषद्को अघिल्लो बैठकहरूमा व्यक्त गरिएको अडान अनुरूप, हामी यी कदमहरूको निन्दा गर्दछौँ, जसले बाबरी मस्जिद जस्ता महत्त्वपूर्ण इस्लामिक स्थलहरूलाई ध्वस्त पार्ने उद्देश्य राख्दछ । बाबरी मस्जिद सोही ठाउँमा उभिएको थियो ।” बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro